म्यानमारमा डुंगा डुब्दा २० जन्तीको मृत्यु
चैत्र, - दक्षिणपश्चिम म्यानमारमा बिवाहको लागि ६० जन्ती बोकेको डुंगा डुब्दा २० जनाको मृत्यु भएको छ । डुंगाले समुद्रामा एक पानी जहाजलाई ठक्कर दिएको थियो ।
स्थानीय समयअनुसार बिहान ७:२० बजे डुंगाले पानी जहाजलाई ठक्कर दिएको हो ।
दुर्घटनास्थलबाट २७ जनाको जिवितै उद्दार गरिएको छ भने २० शव निकालिएको छ ।
म्यानमार यात्राको लागि सर्वसाधारणहरु डुंगामा निर्भर छन् । डुंगामा बढी यात्रु चढाइने गर्दा म्यानमारमा यस्ता दुर्घटना बढी हुने गरेको छ ।
अघिल्लो वर्ष अक्टोबरमा भएको एक दुर्घटनामा ७३ जनाको ज्यान गएको थियो । सन् २०१५ को मार्चमा भएको अर्को दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका थिए ।




0 comments
Write Down Your Responses