‘हाँगामा झुन्डिएको आत्मकथा’ सार्वजनिक

काठमाडौं, बैशाख ।
अलग अभियन्ता कवि नदीशकृत पहिलो कविताकृति ‘हाँगामा झुन्डिएको आत्मकथा’ सार्वजनिक भएको छ ।
काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा बरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले कृतिको लोकार्पण गरे ।
कवि ज्योति जङ्गल र समीक्षक गुरुङ सुशान्तले नदीशका कविताउपर आलोचनात्मक टिप्पणी गरे ।
ज्योतिले नदीशका कवितामा अस्तित्व बोधको मिठो अभिव्यक्ति र जीवनलाई हेर्ने दृष्टिकोणमा परिपक्कता पाएको बताइन् भने सुशान्तले नदीशले निजत्व निर्माणमा ध्यान दिनु पर्नेमा जोड दिए ।
कविको प्रशंशा गर्दै तुलसी दिवसले भने, ‘नदीश आप्mनो लेखनमा आप्mनो भोगाइ अनुरुप इमान्दार छन् र उनका कवितामा भविष्य मात्रै होइन वर्तमान पनि उज्यालो रहेको पाइन्छ ।’
विमोचित कृतिबाट कविद्वय प्रतिमा पाठक र नवराज पराजुलीले कविता वाचन गरेका थिए । ‘हाँगामा झुन्डिएको आत्मकथा’मा ३८ कविता सङ्गृहित छन् । पुस्तकको प्रकाशन अलग आर्ट हबले गरेको हो ।

0 comments

Write Down Your Responses