लिभरपुलले इभर्टनलाई हरायो, शीर्ष चारमा दाबेदारी बलियो बनायो

 काठमाडौं, चैत्र। इभर्टनलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । यससँगै उसले लिगको शीर्ष चारको दौडमा आफ्नो दाबेदारीलाई थप बलियो बनाएको छ ।
शनिबार राति भएको मर्सीसाइड डर्बीमा लिभरपुलले इभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले आठौं मिनेटमा नै मानेको गोलबाट अग्रता लियो । २८ औं मिनेटमा इभर्टनले बराबरी गोल गर्‍यो ।


तर, तीन मिनेट लगतै काउन्टिन्होले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । ६० औं मिनेटमा ओरिगीले अर्को गोल गरे ।
इभर्टन खेलमा र्फकन सकेन र लिभरपुल ३-१ गोल अन्तरले विजयी भएको छ ।
जितपछि लिभरपुलको ३० खेलबाट ५९ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । लिग लिडर चेल्सीको २८ खेलबाट ६९ छ भने दोस्रो स्थानमा रहेको टोटनहृयामको २८ खेलबाटै ५९ अंक छ । यसैगरी चौथो स्थानमा झरेको म्यानचेष्टर सिटीको २८ खेलबाट ५७ अंक छ ।

0 comments

Write Down Your Responses