मान्छेले जत्ति मासु खान्छ माकुरा
तपाइँलाई लाग्ला की माकुरा त निकै सानो जिव हो । यसले विभिन्न किटपतंगलाई आफ्नो आहार बनाउँछ । तर वास्तवमा माकुरा आफैमा चाहीँ निकै शक्तिशाली सिकारी जिव हो भन्ने कुरा धेरैलाई थाहा छैन । तपाइँले पत्याउनुहुन्न होला, यो पृथ्वीमा भएका माकुराहरुले एक वर्षमा करीब ४० देखि ८० करोड टन किटपतंग खाने गर्छन् ।
मार्टिन निफेलर र क्लाउस बिर्खोफरले गरेको अध्ययन अनुसार यी मांशाहारी जिवले विभिन्न किटपतंगलाई मारेर सिकार बनाउँछन् । जसअनुसार यिनीहरुले वर्षमा ४० देखि ८० करोड टन किटपतंगको सिकार गर्दछन् ।
माकुराले गर्ने यो शिकारको तौल भनेको यो धर्तीमा रहेका सबै मानिसको तौल भन्दा पनि बढि हो । धर्तीमा भएका सबै मानिसको तौल जम्माजम्मी ३५ करोड ७० लाख छ ।
यसको अर्थ एक वर्षभरमा माकुराले दुनियामा भएका सबै मानिसलाई खाएर पनि अघाउँदैनन् ।
वैज्ञानिकहरुका अनुसार रोग फैलाउने विभिन्न खाले किराहरुलाई खाइदिएर माकुराले मानिसलाई ठूलो सहयोग गरिरहेका हुन्छन् । खासगरी जंगल तथा घाँसे मैदानी क्षेत्रमा । एजेन्सी





0 comments
Write Down Your Responses