मुम्बई, चैत – सलमान खान सबैभन्दा धेरे अग्रिम आयकर तिर्ने कलाकार बनेका छन् । भारतीय वेबसाइटका अनुसार मार्च १५ सम्म बलिउड कलाकारहरुले जम्मा गरेको अग्रिम आयकरको तथ्यांकअनुसार सलमानले ४४।५ करोड भारु जम्मा गराएका छन् ।
यस अनुसार सलमानको कमाई यो वर्ष ३९ प्रतिशतले बढेको छ । सन् २०१५–१६ मा उनले ३२।२ करोड अग्रिम कर बुझाएका थिए । कमेडियन कपिल शर्माले बुझाएको अग्रिम आयकरको तथ्यांक झन् आश्चर्यजनक रहेको छ । सन् २०१६–१७ का लागि उनले २३।९ करोड अग्रिम आयकर बुझाएका छन् । जबकी अघिल्लो आर्थिक वर्ष उनले मात्र ७ करोड बुझाएका थिए । यसले उनको आम्दानी ३४१ प्रतिशतले बढेको देखाएको छ । कपिलले अग्रिम आयकर बुझाउने मामिलामा आमिर खान र रणवीर कपुर समेतलाई पछि पारेका छन् । सलमानपछि दोस्रो स्थानमा अक्षय कुमार रहेका छन् । उनले २९।५ करोड अग्रिम आयकर बुझाएका छन् । गत वर्ष उनले ३० करोड बुझाएका थिए । तेस्रो स्थानमा ऋतिक रोशनले २५।५ करोड अग्रिम आयकर बुझाएका छन् । अघिल्लो वर्ष उनले मात्र १४ करोड अग्रिम आयकर बुझाएका थिए । यसले उनको आम्दानी ७४ प्रतिशतले बढेको देखाएको छ । यसवर्ष रणवीर कपुरको आम्दानी घटेको पाइएको छ । अघिल्लो वर्ष २२।३ करोड अग्रिम आयकर बुझाएका उनले यस वर्ष मात्र १६।५ करोड बुझाएका छन् । आमिर खानले यसवर्ष १४।८ करोड अग्रिम आयकर बुझाएका छन् । अघिल्लो वर्ष उनले ९।६ करोड अग्रिम आयकर बुझाएका थिए । करण जोहरले आम्दानीमा ४७३ प्रतिशत बृद्धि गर्दै ११।७ करोड अग्रिम आयकर बुझाएका छन् । अघिल्लो वर्ष उनले २ करोड बुझाएका थिए । बलिउडबाट हलिउडमा कदम राखेकी दिपिका पाडुकोनको भने मात्र १३ प्रतिशत आम्दानी बढेको देखिएको छ । यस वर्ष उनले १०।२ करोड अग्रिम आयकर बुझाएकी छिन् । आलिया भट्टले यो वर्ष ४।३३ करोड अग्रिम आयकर बुझाएकी छिन् । उनको आम्दानी ४६ प्रतिशतले बढेको पाइएको छ । अघिल्लो वर्ष उनले मात्र २।९ करोड बुझाएकी थिइन् । करिना कपुरको ४४ प्रतिशतले आम्दानी घटेको छ । अघिल्लो वर्ष ७ करोड अग्रिम आयकर बुझाएकी उनले यसवर्ष मात्र ३।९ करोड अग्रिम आयकर बुझाएकी छिन् ।
सबैभन्दा धेरै कर बुझाउने सलमान, कपिलको आँकडा झन् आश्र्यजनक




0 comments
Write Down Your Responses