इयू प्रमुख टस्क र बेलायती प्रधानमन्त्री मेवीच भेटवार्ता
ब्रसेल्स (बेल्जियम), चैत्र । यूरोपियन युनियनका अध्यष डोनाल्ड तस्क र बेलायती प्रधनमन्त्री थेरेसा मेवीच बिहीबार भेटवार्ता भएको छ ।
बेलायतको इयूबाट बहिर्गमनको प्रक्रिया सुरु भएपछि भएको यी दुई यूरोपेली नेताबीच यो पहिलो प्रत्यक्ष भेट हो ।
गत हप्ता इयू प्रमुख टस्कले तयार पारेको बहिर्गमनको लागि मार्गनिर्देशक खाकालाई लिएर बेलायतमा टस्क विरुद्ध भएको कडा विरोध पछि दुई नेताको भेट भएको हो ।
टस्कसँग छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री मेले भन्नुभयो, “तोकिएको समयसीमामा बहिर्गमन प्रक्रियालाई अघि बढाउने विषयमा छलफल पूर्णतया केन्द्रीत रहनेछ । ”
इयू स्रोतले एएपफपीलाई दिएको जानकारी अनुसार दुई नेताको भेट बलायतको इयूबाट हुने बहिर्गमनको छलफलका लागि नभएर टस्कद्वारा तयार पारेको अप्रिल २९ मा ल्याइने खाकाबारे बेलायतलाई जानकारी गराउने विषयमा केन्द्रीत रहनेछ ।
इयू नेताहरुले अप्रिल २९ मा हुने विशेष सम्मेलनले बेलायतको बहिर्गमनका विषयमा छलफलको रणनीति योजना ल्याउने छ । वास्तविक रुपमा इयूबाट बेलायतको बहिर्गमन विषयमा आगामी मे भन्दा पहिले कुनै औपचारिक छलफल अघि बढ्ने सम्भावना छैन ।
बेलयातले गत हप्ता मात्रै औपचारिक रुपमा इयूबाट बहिर्गमन हुने विषय बारे इयूलाई जानकारी गराएको थियो ।
बेलायत इयूबाट बहिर्गमन हुनचाहेको घोषणा गर्दा प्रधानमून्त्री मेले इयुसँग ‘सम्बन्ध विच्छेद’ हुने र आगामी दिनमा एक पछि अर्को गर्दै व्यापार सम्झौता गरिने बताएपनि यसै हप्ता साउदी अरवमा भएको भेटमा इय्ू प्रमुखले मेलाई पहिला बहिर्गमन सम्झौतामा प्रगति गर्नेगरी तयारी गर्न आग्रह गर्नुभएको थियो ।
भ्रमणका क्रममा बहिर्गमनका विषयमा सम्र्झौता गरी अगाडि बढेपछि मात्र व्यापार सम्झौता गर्नुपर्ने भनी आएको इयूको धारणामा मेले आफ्ना पूरानो अडानमा केही लचक बन्न तयार भएको सङ्केत गर्नुभएको थियो ।
मेले भन्नुभयो, “हेरौँ, हामीले बहिर्गमन प्रक्रिायलाई कसरी अन्त्य गर्न सक्छौँ । छलफलको अन्त्यमा हामी दुवै आफ्ना अडानबाट फिर्ता आउने र भविष्यको सम्बन्धबारे सोच्न सक्छौ कि ? यो महत्वपूर्ण कुरा हो ।” एएफपी





0 comments
Write Down Your Responses