न्युजिल्याण्डको अकल्याण्डमा घर नभएकाहरुलाई बनिबनाउ घर उपलब्ध
न्युजिल्याण्डको अकल्याण्डमा एउटा कम्पनीले बेघरलाई बनिबनाउ घर उपलब्ध गराउँदैछ । तिन बेडरुम भएको घर उक्त कम्पनीले निशुल्क रुपमा उपलब्ध गराउनेछ । तर रोचक कुरा के भने कम्पनीले घर हस्तान्तरण गरेसँगै त्यो घर बोकेर लैजानुपर्नेछ र उक्त घर राख्ने जग्गा चाहीँ आफैले खोज्नुपर्नेछ ।
घरजग्गा व्यवसायी डेभ रेनीले आफुसँग भएका १६ वटा घरमध्ये एउटा घर सित्तैमा बाँड्ने भएका हुन् । तर घर पाउनका लागि उनले एउटा सर्त राखेका छन् की घर उठाएर लग्नुपर्नेछ नयाँ घरधनीले आफ्नै जग्गामा उक्त घर स्थापना गर्नुपर्नेछ ।
समाचार अनुसार सित्तैमा दिन लागिएको घरको खास मूल्य ५२ हजार देखि ६९ हजार डलर सम्म पर्दछ । जबकी घरलाई स्थानान्तरण गर्दा २४ हजार डलर जति खर्च लाग्दछ । स्मरण रहोस् केही समयअघि सार्वज्निक एक रिपोर्ट अनुसार न्युजिल्याण्ड विश्वमा सबैभन्दा महंगो घरजग्गा भएको देश हो ।
बीबीसी





0 comments
Write Down Your Responses