वैज्ञानिकहरुले बनाए कृत्रिम सूर्य

जर्मनी, बैशाख– जर्मनीका वैज्ञानिकहरुले विश्वकै ठूलो कृत्रिम सूर्य बनाएका बनाउन सफल भएका छन् ।
१४९ वटा जेनन सर्ट आर्क ल्याम्पलाई प्रयोग गरेर उनीहरुले सो कृत्रिम सूर्य बनाउन सफल भएका हुन् ।
यसले सूर्यबाट पृथ्वीमा आउनेभन्दा १० हजार गुणा सौर्य विकिरण पैदा
साइनलाइट नाम दिइएको उक्त शक्तिशाली यन्त्रको प्रयोग कसैलाई ‘फ्राई’ गर्नुभन्दा वातावरण मैत्री इन्धन हाइड्रोजनलाई लागत प्रभावकारी ढंगले कसरी गर्न सकिने भन्ने शोधका लागि गरिनेछ ।
जर्मन एरोस्पेस सेन्टरका अनुसार ऐनाको मद्दतले सूर्यको प्रकाशलाई एउटा सानो क्षेत्रमा फर्काएर ठूलो मात्रामा इनर्जी रियाक्सन पैदा गर्न सकिन्छ जसबाट पानीको बाफबाट हाइड्रोजन ग्यासलाई छुट्याउन सकिनेछ । तर, यसलाई कसरी गर्ने थाहा नभएपछि उनीहरुले सिनलाइट निर्माण गरेका हुन् । यसले सानो रुपमा गर्न लागिएको प्रयोगलाई ठूलो बनाउन मद्दत गर्नेछ ।
१४९ वटा जेनन सर्ट आर्क ल्याम्पलाई २० बाई २० सेन्टिमिटरको क्षेत्रफलमा केन्द्रीत गरिन्छ, यसले सूर्यको विकिरणभन्दा १० हजार गुणा विकिरण पैदा गर्नेछ । जसले त्यहाँको तापक्रम ३ हजार डिग्री सेल्सियस पुग्नेछ ।
यस्तो बत्तिको प्रयोग सिनेमा पनि उज्यालो बनाउन गरिन्छ । सिनेमामा एउटै बत्तिले काम गर्छ भने यहाँ ४५ फिट अग्लो क्षेत्रफलमा १४९ वटा त्यस्ता बत्तिहरु प्रयोग गरिएका छन् ।
हाइड्रोजन पृथ्वीमा धेरै पाइन्छ तर शुद्ध हाइड्रोजन भने पाउन गाह्रो छ ।
वैज्ञानिकहरु सनलाइटको माध्यमबाट कम लागतमा शुद्ध हाइड्रोजन उत्पादन गर्न सकिने बताउँछन् ।
यसबाट वातावरणमैत्री उर्जा निर्माण गर्ने उनीहरुको लक्ष्य छ ।
यसअघि पनि हाइड्रोजन इन्धन निर्माण गर्ने प्रयास नगरेका होइनन् । तर, ति सबै असफल भएका छन् ।
हाइड्रोजनलाई भविश्यको इन्धनको रुपमा हेरिएको छ किनभने यो बल्दा कार्बोन डायोअक्साइड निर्माण हुँदैन ।
सिनलाइटलाई निर्माण गर्न ३५ लाख युरो तथा दुई वर्ष समय लागेको थियो ।
गर्न सक्छ । यसको मद्दतले पृथ्वीमा पाइने कुनै पनि धातु वा जिवित प्राणीलाई केही क्षणमा पगाल्दिन सक्छ ।

0 comments

Write Down Your Responses