भरतपुर अस्पतालमा एनआईसियु सेवा निःशुल्क
भरतपुर - भरतपुर अस्पतालले नवजात शिशु सघन उपचार (एनआईसियु) सेवा निःशुल्क गर्ने भएको छ । अस्पतालको सेवा विस्तारसंगै एनआईसियु सेवालाई निःशुल्क गर्न लागिएको हो।
एनआईसियुमा अत्यन्त संवेदनशिल भएका शिशुहरुको उपचार गरिन्छ । अस्पतालले आफैं खर्च ब्यहोरेर भएपनि सेवा निःशुल्क गरेको अध्यक्ष राजभण्डारीले जानकारी दिए। एक वर्ष अघि सुरु गरिएको सो सेवामा यसअघि वेडको मात्र निशुल्क गरिएको थियो ।
निजी अस्पतालमा ५ देखि सात हजार तिर्नुपर्ने अवस्था छ । यस्तै नवजात शिशुको लागि उपचारका लागि छुट्टै कक्षमा सेवा सुरु गरिने भएको छ । १६ बेड क्षमता सहितको नवजात शिशुहरुका लागि सेवा सुरु गर्न लागिएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए। एनआईसियु र नवजात शिशु वार्डमा सबै सेवा निःशुल्क गरिएको डा. मरासिनीले बताए । यसका लागि उपकरण र जनशक्ति थप गरिने उनी बताउँछन्।
भरतपुर अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्र भन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी वर्षेनी बढ्न थालेका हुन्।





0 comments
Write Down Your Responses