सरकारी स्वामित्वका नमुना भवन बन्दै


सिन्धुपाल्चोक  चैत्र– सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले सरकारी स्वामित्व रहने गरी जिल्लामा ६ वटा नमुना घर बनाइरहेको छ ।
भूकम्प प्रतिरोधी निर्माण प्रविधिका बारेमा समुदायलाई सिकाउने उद्धेश्यले दुवाचौर, बा“सखर्क, बरुवा, भोताङ, ला“गर्चे र थकनीमा बनिरहेको नमुना भवनस्थानीय निकायलाई हस्तान्तरण गर्ने योजना रहेको बताइएको छ ।
‘सबल समुदाय सुरक्षित बासस्थानः स्वनिर्माणको प्रवद्र्धन कार्यक्रम अन्तर्गत अहिले ६ वटा नमुना भवन र ५ वटा सामुदायिक हल निर्माण भैरहेको छ ।’ कार्यक्रम संयोजक विनोद शर्माले भने, ‘स्थानीय निकायस“गको समन्वयमा सार्वजनिक जग्गा भवन निर्माणका लागि प्राप्त भएकोमा दुवाचौर र बरुवामा नमुना भवनको झ्यालमाथिको बन्धन राखिसकिएको छ । बा“सखर्क, ला“गर्चे र थकनीमा झ्यालमाथिको बन्धन राख्ने बेला भएको छ भने भोताङमा ढोका राख्ने बेला भएको छ ।’

गाविसले उपलब्ध गराएको जग्गा अपुग भएकोले बा“सखर्कमा नभुना भवन मात्रै बन्ने र अरु गाविसमा सामुदायिक हल (सूचना केन्द्र) पनि बन्ने आत्मनिर्भर केन्द्रले जनाएको छ । ‘ला“गर्चे, बरुवा र दुवाचौर गाविसमाबनिरहेको ट्रस सहितको सामुदायिक हलको डिपिसी बन्धर राखेर ढोका राख्ने बेला भएको छ ।’ दुवाचौरका सबइन्जिनियर विपना सिवाकोटीले भनिन्, ‘सूचना केन्द्रमार्फत समुदायले भूकम्प प्रतिरोधी निर्माण प्रविधि, सरकारी नीति तथा नियम, आवास, भूमि तथा सम्पत्तिको अधिकार, पहु“चयुक्त आवास तथा लैङ्गिकता सम्बन्धीसूचना, जानकारी पाउ“छन् भने नमुना घरमा भूकम्प प्रतिरोधी निर्माणविधिको प्रत्येक्ष अवलोकन गर्न सक्छन् ।’
एउटा नमुना घर निर्माणका लागि ११ लाख ८३ हजार रुपैंयाँ, दुईकोठे शौचालय निर्माणका लागि ३ लाख र सामुदायिक हल निर्माणका लागि १० लाख ३९ हजार रुपैंया“ लाग्ने अनुमान गरिएको आत्मनिर्भर केन्द्रले जनाएको छ । रकम अनुमानित लागत भएको र यसमा जग्गाको मुल्य तथा जग्गा सम्याउ“दाको खर्चलाई समावेश नगरिएको कार्यक्रम संयोजक विनोद शर्माले बताए ।
‘नमुना भवन, सामुदायिक हल तथा शौचालय पहु“चयुक्त बनाउनु परेको र सम्पूर्ण सामाग्री बाहिरबाटै खरिद गर्नु पर्ने भएकोले नमुना भवन निर्माणका लागि मात्रै झण्डै बाह्र लाख रुपैंया“ लाग्ने अनुमान छ ।’ उनले भने, ‘चोटो सहितको दुई कोठे नमुना भवन निर्माण भैरहेको छ । समुदायले यस्तै भवन बनाउने हो भने भत्किएका घरका ढुङ्गा र काठ प्रयोग गर्दा र स्थानीय सामाग्री प्रयोग गरेर पहु“चयुक्त बनाउने हो भने पनि आठ लाखको हाराहारीमा यस्तै घर बन्छ ।’
नमुना घर तथा सामुदायिक हललाई पहु“चयुक्त बनाउनका लागि रेलिङ र ¥याम्प बनाउने, ह्विलचियर सजिलै ओहोर दोहोर गर्न मिल्ने साइजको ढोका राख्नुका साथै अन्य कुराहरु पनि पहु“चयुक्त बनाइने उनको भनाइ छ । ‘शौचालयमा पनि सबैको पहु“चका लागि ¥याम्प राखिन्छ । ढोका पनि ३ फिट चौंडाई सहितको बन्छ । भित्र पनि ह्विलचियर सजिलै घुम्न मिल्ने स्थान राखिने हुँदादुई कोठे शौचालय पनि सानोतिनो घर जत्रै बन्छ ।’ शर्माले भने, ‘हामीले निर्माण गर्ने संरचना साँच्चै नमुना बनाउन लागेको हु“दा खर्चमा कन्जुस्याई नगरिकनै निर्माणको काम गरिरहेका छौं ।’
सुरक्षित घर निर्माणको विधि अपनाई नया“ निर्माण तथा पुननिर्माणका घरहरुको स“ख्या बृद्धि गर्ने र समुदायलाई विपद जोखिम न्यूनिकरणमा सहयोग गर्ने उद्धेश्यले सुरु भएको कार्यक्रम अन्तर्गत अहिले दुवाचौर र बरुवा गाविसमा डकर्मी तालिम चलिरहेको छ । ६ गाविसमा ५ सय १० जना डकर्मीलाई तालिम दिने लक्ष्य रहेकोमा अहिलेसम्म ३ सय ९३ जना डकर्मीलाई भूकम्प प्रतिरोधी निर्माण प्रविधिसम्बन्धी ७ दिनको तालिम दिईसकिएको आत्मनिर्भर केन्द्रले जनाएको छ ।
त्यस्तै, थकनी बाहेकका ५ गाविसको स्थानीय विपद व्यबस्थापन योजना समेत निर्माण गरेको कार्यक्रम संयोजक विनोद शर्माले बताए । उनले भने, ‘गाविसस्तरमा विपद व्यबस्थापन समिति गठन गर्नुका साथै क्षमता विकासको काम सकेर समुदायकै अगुवाईमा विपद जोखिम न्यूनिकरण योजना बनिसकेको छ ।

0 comments

Write Down Your Responses