तेहरान (इरान), चैत्र । इरानले यमनमा जारी द्वन्द्व अन्त्यका लागि राजनीतिक स्तरमा समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।
सोमबार तास्नी न्यूज एजेन्सीसँग कुराकानी गर्दै इरानी विदेश मन्त्रालयले यमनमा जारी रक्तपात पूर्ण द्वन्द्वको अन्त्य राष्ट्रिय संयुक्त सरकारको गठन गरी राजनैतिक रुपमा प्रक्रियालाई अगाडि बढाउनुपर्ने जनाएको छ ।
यमनमा जारी युद्धलाई ‘ठाडो क्रुरता’को संज्ञा दिँदै इरानी विदेश मन्त्रालयले यसबाट यमनमा हजाराँै मानिसको मृत्यु भएको र युद्धका कारण राज्यका नियमित गतिविधि हुन नसक्दा यमनमा भोकमरीको अवस्था आएको बताएको छ ।
विगत दुई वर्षमा हजाराँै महिला तथा बालबालिकाको झडपमा परी मृत्यु भएको, लाखौँ यमनी जनता विदेशबाट आउने मानवीय सहायतामा भर पर्नुपरेको र तीमध्ये धेरैमा पोषणको कमी देखिएको इरानको गृहमन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।
यमनमा युद्धका कारण मुलुकका अस्पताल, शैक्षिक संस्था लगायतका विकासका आधारभूत संरचनाले देश तहसनहस बनेको निश्कर्ष निकाल्दै अन्तरराष्ट्रिय समुदायले यमनी जनताको पिडालाई सकेसम्म छिटो समाधान गर्न पहल थाल्नुपर्ने बताइएको छ ।
यमनमा सन् २०१५ को मार्चपछि पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहका समर्थक सिया हुथी समूह र साउदी अरव नेतृत्वको अरव गठबन्धन सेनाबीच द्वन्द्वको कारण यहाँको राजनैतिक तथा आर्थिक अवस्था अत्यन्तै जटील बनेको छ ।
यमदी द्वन्द्वका कारण १० हजार व्यक्तिको मृत्युभएकोमा आधाभन्दा बढी सामान्य नागकि रहेका छन् भने ३५ हजारभन्दा बढी घाइते भएका छन् । यमनमा जारी द्वन्द्वका कारण करिव २० लाख यमनी नागरिक आफ्नो घरबाट विस्थापितबनेको राष्ट्रसङ्घको तथ्याङ्क छ । एएफपी
यमनी द्वन्द्व अन्त्य गर्न राजनीतिक समाधान खोजौँः इरान




0 comments
Write Down Your Responses