गर्लफ्रेन्डको हत्यापछि टुक्रा गरि कुकुरलाई खुवाएका खेलाडी फुटबल क्लबमा अनुबन्धित
ब्राजिल, चैत्र । ब्राजिलका सेकेन्ड डिभिजन फुटबल क्लब बोआ एस्पोर्टले खेल जगतमै आलोचित हुने कदम उठाएको छ। यो क्लबले यस्तो एक फुटबलरसंग दुई वर्षको कन्ट्र्याक्ट गरेको छ जसले आफ्नो गर्लफ्रेन्डलाई मारि टुक्रा गरि पाल्तु कुकुरलाई खुवाएका थिए।
ब्रुनोले क्लब प्रवेश गरेपछि तीन स्पोन्सरले क्लबको साथ छोडेका छन्। यसको बावजुद पनि बोआ एस्पोर्ट क्लबले आफ्नो निर्णय परिवर्तन गरेको छैन।
एक विज्ञप्ती निकाल्दै क्लबले ब्रुनोलाई देशको सबैभन्दा ठूलो अदालतले स्वतन्त्र गरेको बताएको छ। यसो हुँदा उनलाई खेल्नबाट रोक्न उचित नभएको बताएको छ। एजेन्सी सहयोग





0 comments
Write Down Your Responses