होटलको अनौठो अफर: डिभोर्स गर्ने जोडीलाई क्षतिपूर्ति
दुनियाँमा यस्ता कुनै होटेलै थिएनन् । तर अब भने डिभोर्स गर्ने पाहुनालाई क्षतिपूर्ति दिने होटेलका बारेमा पनि सुन्न बाँकी रहेन ।
हो, स्विडेनको एउटा होटेलले यस्तो अफर सार्वजनिक गरेको छ जस अनुसार उसको होटेलमा आएका पाहुना जोडीको यदि एक वर्षभित्रमा डिभोर्स भएमा होटेलले उनीहरुलाई क्षतिपूर्ति दिनेछ ।
उक्त होटेल चेनमध्येको एक होटेल संचालन गर्दै आएकी पेट्रा फागरेल ज्यान्सनका अनुसार उक्त महंगो अफरबाट होटेललाई घाटा होला भन्ने उनीहरुलाई कत्ति चिन्ता छैन । उनीहरु त सम्बन्ध दिगो होस् भन्ने चाहन्छन् ।
उक्त होटेलमा बास बसेर एक वर्षभित्रमा डिभोर्स हुँदा क्षतिपूर्ति दाबी गर्ने केही नियम छन् । जस अनुसार उक्त जोडीको विवाह भएको हुनैपर्छ अर्थात् अविवाहित जोडीले त्यस्तो दाबी गर्न पाउने छैनन् । उनीहरु एउटै कोठामा बसेको हुनुपर्नेछ र होटेलमा बास बस्दाखेरी नै पतीपत्नी भनेर सम्बन्ध खुलाएको हुनुपर्नेछ । उनीहरुले डिभोर्सपछि क्षतिपूर्ति दाबी गर्दा दिने निवेदनसँगै अदालतको कागज पनि पेश गर्नुपर्नेछ । बीबीसी/अनलाइन





0 comments
Write Down Your Responses