इमर्जिङ कपमा नेपालको खराब सुरुवात, पाकिस्तानसँग ६ विकेटको हार
काठमाडौं, चैत्र । बंगलादेशमा जारी ए सी सी ईमजिङ्ग टिम्स् कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
बंगलादेशको कस्स बजारस्थित सेख कमाल अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा पाकिस्तानको २३ वर्ष मुनिको टोलीले टस जित्दै बलिङ्ग रोजे पछि नेपालले पहिले ब्याटिङ्ग गरेको थियो ।
नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षेतीमा १ सय ८० रन बनाएको थियो ।
नेपालका शुरुआती ब्याट्स म्यान शुनिल धमलाले सर्वाधिक ४३ रन बनाएका थिए ।
यसैगरि सरद भेषवाकरले ३८, बिनोद भण्डारीले २४, आरिफ सेखले १८ र दिपेन्द्र सिंह ऐरीले १४ रन बनाएका थिए ।
बाँकी ब्याट्स म्यानहरुले भने दोहोरो रनको योगफल तयार पार्न सकेन्न् ।
पाकिस्तानका बलर गुलाम मुद्दसारले सर्वाधिक ५ विकेट लिएका थिए ।
प्रतिउत्तरमा पाकिस्तानले ४५.४ ओभरमा ४ विकेटको क्षतिमा विजयी लक्ष्य
प्राप्त गरेको थियो ।नेपालका लागि शन्दिप लामिछाने र कप्तान ज्ञानेन्द्र मल्लले २÷२ विकेट लिएका थिए ।
समूह बि मा रहेको नेपालको दोस्रो खेल मंगलबार आयोजक बंगलादेशसँग र तेस्रो खेल बिहिबार हङकङ संग हुने छ ।
समूह बि अन्तर्गत सोमबार नै भएको अर्को खेलमा बंगलादेशको २३ वर्ष मुनिको टोलीले हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।
यसैगरि समूह ए को पहिलो खेलमा भारतको २३ वर्ष मुनिको टोलीले श्रीलङ्काको २३ वर्ष मुनिको टोलीलाई ३४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अफ्गानीस्तानले मलेसीयालाई १ सय ५५ रनले पराजित गरेको थियो ।
नेपाल आर्मी क्लब राजश्री जनक फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
सलार्हिको बागमतीमा सोमबार भएको दोस्रो तथा अन्तिम सेमिफाईनलमा नेपाल आर्मी क्लबले ए पि यफ क्लबलाई ३÷० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको गरेको हाम्रा सर्लाही समाचारदाता प्रेम नाथ पौडेलले जनाएका छन् ।
ए पि यफ का लागि जर्ज प्रिन्स कार्की, शेस राज महतो र टंक बस्नेतले १÷१ गोल गरेका थिए ।
यस खेलको म्यान अफ दि म्याच घोषित भएका नेपाल आर्मी क्लबका गोल किप्पर महेश्वर श्रेष्ठले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताको फाईनल खेल मनाङ्ग मस्र्याङदी क्लब र क्लबबीच बुधबार हुनेछ ।





0 comments
Write Down Your Responses