वास्तविक प्रेमको, वास्तविक अर्थ र वास्तविक परिभाषा
राम वि शाम (साधक)
म एकदिन एक कामका लागि एक ठाउँबाट अर्को ठाउँमा सवार हुँदै थिएँ । बिहान ५ बजे छुटेको गाडी गन्तव्यमा पुग्नलार्इ कम्तिमा पनि ८/९ घण्टा जति समय लाग्थ्यो । मेरो सिट वि सार्इडको ५ नम्बर थियो । चिनेको अरु कोही पनि थिएन । गाडी बिहानको खाना खाने ठाउँमा गएर रोकियो सबैले खाना खाए र मैले पनि खाएँ ।
खाना खार्इसकेपछि गाडी गन्तव्यतिर लाग्यो । एक किलोमिटर जति अगाडी गुडिसकेपछि एक जनाको र्इशरामा गाडी रोकियो । ड्रार्इभरले सोधे कहाँसम्म होला ? प्रतिउत्तरमा आयो, गन्तव्यको अन्तिम स्थानसम्म । दुर्इ जना यात्रु त्यहाँबाट गाडी चढे र गाडी पुनः आफ्नै रफ्तारमा गुड्यो ।
उनीहरु विच के नाता पर्थ्यो ? त्यो त थाहा छैन तर म गलत थिर्इन भने उनीहरु श्रीमान/श्रीमाती हुनुपर्छ किनकी उनीहरुको व्यवहारले त्यस्तै झल्काउँथ्यो र महिलाको काखमा ४/५ वर्ष जतिको एउटा बच्चा पनि थियो ।
पुरुष त्यस्तै २६ वर्ष र महिला त्यस्तै २४ वर्ष जतिका हुँदा हुन् सायद मेरो अनुमानमा । संयोगवश भनौँ के भनम ती दम्पतीको सिट ए सार्इडको ५ र ६ मिल्न गयो । पुरुष मान्छेलार्इ बोमेड हुँदो रैछ त्यसैले झ्यालतिर बसे र महिला छेउमा । केही अघि पुगेपछि बच्चा सहित दुवै जना गाडीमै निदाए ।
(नोटः- ती महिलालार्इ मैले “कार्इली” उपनामले सम्बोधन गरेको छु है ।)
कार्इली र मेरो सिट आमुन्ने सामुन्ने थियो, मात्र विचमा कोलिया थियो । आँखामा कालो गाजल, ओठमा हल्का गुलाफी रङको लिबिष्टी, सिल्की परेको कपाल, कपालमा रातो मेहेन्दी, मन्दमन्द मुस्कान, पुठ्ठ परेका नितम्ब, कोकाकोला जस्तो कार्इलीको शरिर देख्ने वित्तिकै थाहै नपार्इ मोहित हुन पुगेछु । ए ए सिउँदोमा रातो सिन्दुर पनि थियो भनेर भन्नै छुटाएछु क्यारे ।
निश्चल मन र निर्दोष आँखाले कार्इलीलार्इ नै एकोहोरो हेरेर आनन्द लिन थालेँ । पाउदेखि शिरसम्म घरीघरी नियाल्दै रहेँ, मात्र नियाल्दै रहेँ । किस्ता किस्तामा, विस्तारै विस्तारै कल्पनाको सागरमा पौडी खेल्न थालेँ । यहाँसम्म की म कहाँ छु ? गाडीमा छु की अरु केहीमा ? यो समेत छुट्याउन नसक्ने भएछु ।
कार्इलीको सिल्की परेको कपाल सुमसुम्यार्इरहेँ कल्पनामा, कार्इलीले झन सुमसुम्याउन थाली कल्पनामा, कार्इलीका गुलाफी ओठमा किस गर्न थालेँ कल्पनामा, कार्इलीले झन टङ किस गरी कल्पनामा, कार्इलीको गर्धनमा चुम्न थालेँ कल्पनामा, कार्इलीले झन चुम्न थाली कल्पनामा, कार्इलीका नितम्ब …………. थालेँ कल्पनामा, कार्इलीले झन …….. थाली कल्पनामा, म त पुरै …………. मा आएँ कल्पनामा, कार्इली झन पूरै ……… मा आर्इ कल्पनामा, मैले पूरै आनन्द प्राप्त गरेँ कल्पनामा र कार्इलीले झन पूरै आनन्द प्राप्त गरी कल्पनामा ।
गाडी गन्तव्यमा पुगेछ यथार्थमा तर म थिएँ कल्पनामा, कार्इली गाडीबाट झरीसकिछ यथार्थमा तर म थिएँ कल्पनामा, गाडीका सबै यात्रु उत्रिसकेछन् यथार्थमा तर म थिएँ कल्पनामा, खलासीले मलार्इ झर्नुहोस् भनेछ यथार्थमा तर म थिएँ कल्पनामा, खालासीले झकझकायो यथार्थमा र म पनि ब्यँझिएँ यथार्थमा ।
त्यसपछि गाडीबाट उर्लिएँ र आफ्नो घरतिर लागेँ । आजपनि सम्झन्छु त्यो क्षण, आजपनि सम्झन्छु त्यो पल । किस्ता किस्तामा सम्झिरहन्छु र आनन्द लिर्इरहन्छु ।
कार्इली को थिर्इ ? कसकी छोरी हो ? कसकी श्रीमती हो ? कसकी बुहारी हो ? कसकी आमा हो ? त्यो मलार्इ कुनै सरोकारको विषय होर्इन । उसको परिचयको कुनै आवश्यक छैन मलार्इ । उ मात्र कार्इली हो, मात्र कार्इली । यो नाम पनि मैले राखिदिएको हुँ, वश यति थाहा छ मलार्इ । यो भन्दा बढि उसको बारेमा मलार्इ जान्नु पनि छैन र जान्न पनि चाहान्न । यो भन्दा बढि उसबाट कुनै आशा पनि राख्दिन ।
त्यो सब प्रेम थियो । मैले कार्इलीलार्इ प्रेम गरेको होर्इन् उसँग मेरो प्रेम भएको हो । मैले वारवार भन्दै आएको छु की प्रेम गरिदैन् प्रेम त आफै-आफै हुन्छ । प्रेम गरिने कुरा होर्इन् प्रेम त केवल हुने कुरा हो । कोसँग ? कुन चिजसँग ? कतिबेला ? भर्इदिन्छ, थाहै हुँदैन ।
वास्तविक प्रेम यही हो । कसैलार्इ, कुनै चिजलार्इ बेलाबखत सम्झिएर आनन्द लिन सकिन्छ भने त्यही हो वास्तविकत प्रेम । कसैलार्इ २४ घण्टाभित्र १० मिनेट मात्र सम्झिएर आनन्द लिन सकिन्छ भने त्यही हो वास्तविक प्रेम । २४ घण्टामा २४ सै घण्टा टेनसन गर्ने हामी कमसेकम १० मिनेट त आनन्दित हुन सक्छौँ नि ।
कार्इली त एउटा उदाहरण मात्र हो । हामी हरेक सजिव र निर्जिव वस्तुबाट सन्तुष्टिको आभाष गर्न सक्छौँ । जस्तो जंगलमा बसेर चराचुरुङ्गीको आवाज सुनेर १० मिनेट आनन्द लियौँ भने त्यही हो वास्तविक प्रेम । कुनै हिमाललार्इ हेरेर १० मिनेट आनन्दित भयौँ भने त्यही हो वास्तविकत प्रेम । स्वार्थरहित जुन कुराबाट मानसिक रुपमा सन्तुष्टि प्राप्त गर्न सकिन्छ ती सबै प्रेमका स्रोतहरु हुन् ।
वास्तविक प्रेमलार्इ विवाहसँग जोडेर वास्तविक प्रेमको गलत प्रयोग नगर्नुहुन सबैमा हार्दिक अनरोध गर्दछु । विवाह र प्रेम नितान्त फरक चिज हुन् । विवाह भनेको मान्छेहरुबाट जन्मार्इएको एउटा संस्कार मात्र हो भने प्रेम भनेको मान्छेको उत्पत्ति भन्दा पहिलेदेखि नै रहिआएको प्राकृतिक वरदान हो ।
विवाह विना मानव जीवनमा कुनै फरक पर्दैन तर प्रेम विना कुनैपनि कुराको कल्पना गर्न सकिन्न । यदि कसैले यस्तो कल्पना गर्छ भने त्यो मुर्खता हो । प्रेम विना कसैले संसार चल्न सक्छ भन्ने कुरा गर्छ भने तपार्इ यो बुझ्नुहोस् की उसले वास्तविक प्रेम बुझेकै छैन, या त प्रेमलार्इ अरु कुनै नामले बुझिरहेको छ उसले ।
अन्ततः प्रेमलार्इ अरु कुनै नाम दिएर वास्तविक प्रेमको बदनाम नगर्नुहुन विनम्र आग्रह गर्दै प्रेमलार्इ अन्य कुरासँग जोडेर वास्तविक प्रेमको गलत परिभाषा नलगार्इदिनु हुन सबैमा मेरो व्यक्तिगत विचार निवेदन गर्दछु । यहि विषयवस्तु माथि धेरै कुराहरु थिए तर यहाँ सबै कुराहरु लेखेर साध्य भएन । किस्ता किस्तामा आफ्ना विचारहरु व्यक्त गर्दै जानेछु । मेरो व्यक्तिगत विचारमा केही टिका-टिप्पणी वा समर्थन छ भने कमेन्ट, र शेर गर्न नविर्सनुहोला । धन्यवाद ।





0 comments
Write Down Your Responses